दफा ३४
अस्पताल वा यस्तै अन्य स्थानमा राख्नु पर्ने
: (१) यस ऐन बमोजिम कैदको सजाय पाएको कुनै कसूरदारको होस ठेगान नरहेमा त्यस्तो कसूरदारलाई कारागारले अस्पताल वा यस्तै अन्य चिकित्सा केन्द्रमा राख्नु पर्नेछ।

(२) उपदफा (१) बमोजिम अस्पताल वा चिकित्सा केन्द्रमा राखिएको अवधिभरलाई निजले कैद भुक्तान गरेको अवधि मानिनेछ ।